७ असार २०८३, आईतवार
,
Latest
सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’ सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः राजेन्द्र लिङदेन नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव नेतृत्वको टोली काठमाडौँमा



अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव क्रिस्टियन सौन्देर्सको नेतृत्वमा रहेको टोली यहाँ आइपुगेको छ । राष्ट्रसङ्घद्वारा हरेक चार चार वर्षमा दिइने सोधभर्ना दरको समीक्षा र निरीक्षण गर्न उक्त निरीक्षण टोली आएको हो ।

सौन्देर्स नेतृत्वको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सीताराम खड्काले स्वागत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सहायक महासचिव सौन्देर्सले आजै प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटघाट गर्नुभएको छ ।

उहाँले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण समेत गर्नुहुनेछ ।  रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग सहायक महासचिवको नेतृत्वको टोलीले शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।




भर्खरै