७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडपर्वको बेला जनता मारमा पार्नेगरी सरकारले मूल्यवृद्धि गर्नु गलतः नेता सिंह



अ+ अ-

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको बेला जनतामा मारमा पार्नेगरी मूल्यवृद्धि गरेको भन्दै सरकारको चर्को आलोचना गर्नु भएको छ । 

पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका नेता सिंहले जनतालाई राहत दिने बेलामा ग्याँस, पेट्रोल, डिजेलसहितका दैनिक उपभोग्य बस्तुहरुको मूल्य वृद्धि गरेको उल्लेख गर्दै तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । नेपाली काँग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले निर्वाचनमा जाने बेलामा मूल्य वृद्धि गराएर आफ्नै पार्टी नेतृत्वको सरकारले जनतालाई जवाफ दिन सक्ने अवस्था समेत नबनाएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नु भयो । 

नेता सिंहले भन्नु भयो, ‘दशैं भर्खर सकियो, तिहार आउँदैछ । छठ पर्व छ । काम के त भन्दाखेरी अहिले ग्याँसको मूल्य बढायो । डिजेलको प्राईस हाई गरायो । यसले के भयो भन्दाखेरी अहिले जनता र परिस्थितिले अहिले जुन काँग्रेसको नेतृत्वमा सरकार भएको छ । यो सरकारले गरेका हरेक कामको आउने चुनावमा त हामीले जवाफ दिनुपर्ने हुन्छ नि त । 

के यो चाँही राम्रो भयो त ? जनतालाई राहत दिने ठाउँमा जनतालाई मुस्किल हुने कामहरु त गर्नु भएन नि । यो सरकारले आयल निगमदेखि सबै ठाउँमा मार्केटलाई कन्ट्रोल गर्नका लागि जुन मन्त्रालय छ, मेकानिज्म छ । ती सबै कुराहरुलाई त लागू गर्नु प¥यो नि त । आफूले गर्नुपर्ने काममा चाँही वास्ता नगर्ने अनि त्यसको समाधान के हो त ? जनतालाई मार पार्ने गरी जुन यो मूल्यवृद्धि गरेको छ । यो चाँही बिल्कूल डेमोक्र्याटिक पार्टीको लिडरसिपमा भएको सरकारले गर्न नमिल्ने काम गरेको छ । यसमा चाँही सरकारले आफ्नो ध्यान दिन जरुरी छ भन्ने मलाई लागेको छ ।’

नेता सिंहले सरकारले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने, जनतालाई राहत दिने काममा विशेष ध्यान दिन जरुरी रहेको पनि बताउनु भयो । उहाँले १४ औं महाधिवेशनमा पूरानै नेतृत्वलाई निरन्तरता दिएर पार्टीलाई झनै कमजोर बनाउने गल्ती नगर्न नेता, कार्यकर्तालाई आग्रह समेत गर्नु भयो ।