७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणमैत्री कानूनका लागि मन्त्री यादव समक्ष महासंघको अनुरोध



अ+ अ-

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले विकास निर्माणका कामहरू तोकिएको समयमा नै गुणस्तरीय रूपमा सम्पन्न हुनुपर्ने बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको विहिवारको भेटमा मन्त्री यादवले निर्माण उद्योगलाई समृद्ध बनाउन सम्बन्धित निकायहरू आ—आफ्नो कमजोरी सच्याउँदै अघि बढ्नु पर्ने बताउनुभयो ।

निर्माण व्यवसायीहरूलाई काम दिइने पुरानो परिपाटीमा सुधार आवश्यक भएको मन्त्री यादवले बताउनुभयो । निर्माण क्षेत्रमा आएका समस्या समाधानका लागि सुक्ष्म अध्ययन आवश्यक भएको मन्त्री यादवको भनाइ थियो । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री यादव समक्ष निर्माण व्यवसायीहरूको समसामयिक समस्या र समाधानका सम्बन्धमा जानकारी गराएको छ । साथै महासंघले विभागीय मन्त्रीको रूपमा यादवको सफल कार्यकालका लागि बधाई सहित शुभकामना व्यक्त गरेको छ ।

 महासंघ प्रतिनिधिमण्डले हाल संसदमा संशोधनको लागि दर्ता भएको सार्वजनिक खरिद ऐन, २०६३ र मस्यौदाको रुपमा रहेको निर्माण व्यवसाय ऐन, २०५५ लगायतका निर्माणसँंग सम्बन्धित कानूनहरु निर्माण मैत्री हुने गरी संशोधन गरिनुपर्ने माग मन्त्री यादव समक्ष राखेको छ । महासंघ प्रतिनिधिमण्डलले धरौटी रकम फिर्ता, बैंक क्रेडिट लाइनको खारेजी, बिमा शुल्क वृद्धि लगायतका विषयमा आफ्नो लिखित सुझाव मन्त्री यादवलाई बुझाएको छ ।

हाल संघीय, प्रदेश र स्थानीय सरकार अन्तर्गतका निकायहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको निर्देशिका विपरित आफुखुसी क्राइटेरियामा निश्चित मापदण्डमा आर्थिक मिलोमतो गरी आफु अनुकुल हुने गरी राखिएको हुँदा यस्ता शर्तहरु तोकिने प्रथाको अन्त्य गर्नका लागि संघीय सरकारबाट तत्काल सम्बन्धित निकायहरुलाई निर्देशन गरिनुपर्ने माग महासंघले राखेको छ ।

भेटमा महासंघका अध्यक्ष रवि सिंहसँगै सल्लाहकार गेल्जे शेर्पा, एसोसिएट उपाध्यक्ष आङदोर्जी लामा, महासचिव रोशन दाहाल, महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर, उप–निर्देशक आसित अधिकारी र जनसम्पर्क अधिकृत रामचन्द्र गिरी रहनु भएको थियो ।