७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानद्वारा थप ११४ थान ‘अक्सिजन जेनेरेटर’ प्रदान



अ+ अ-

काठमाडौ । कोभिड–१९ को महामारीसँग जुधिरहेको नेपाल सरकारको प्रयासमा सहयोग गर्दै आएको जापान सरकारले आज थप ११४ थान ‘अक्सिजन जेनेरेटर’ उपलब्ध गराएको छ । यहाँस्थित जापानी दूतावासका नियोग उपप्रमुख योशिओका युजोले नेपालका अस्पताललाई सहयोग गर्न थप अक्सिजन जेनेरेटर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउँदै जापानले उपलब्ध गराएको स्वास्थ्य उपकरणले नेपालमा धेरैको ज्यान जोगाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको उक्त दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

जापानले नेपाललाई कोभिड–१९ विरुद्धको लडाइँमा २५ थान रगत ग्यास विश्लेषक, २५ वटा ‘पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम’, ६ वटा एम्बुलेन्स र २७४ वटा अक्सिजन जेनेरेटरलगायत चिकित्सा उपकरणहरू उपलब्ध गराइसकेको छ । 

जापानले नेपालको स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्दै आएको छ । गत साउनमा उसले १६ लाख मात्रा एस्ट्राजेनेका खोप उपलब्ध गराएको थियो । कोभिड–१९ को खोप प्रभावकारी ढुवानी गर्ने अर्को परियोजना युनिसेफसँगको ‘लास्ट वान माइल’ कार्यक्रमअन्तर्गत अपेक्षित रहेको उक्त दूतावासले जनाएको छ ।

दूतावासले कोभिड–१९ महामारीको अन्त्य भई नेपाल सरकार र विकास साझेदारहरूसँग मिलेर नेपालको स्वास्थ्य क्षेत्रलाई सहयोग गर्न र कोभिड–१९ महामारीपछिको आर्थिक पुनरुत्थानमा पुनः फकाएउन तत्पर रहेको बताएको छ ।