२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनीले चेन्नई सुपर किङ्ग्सको कप्तानी जडेजालाई सुम्पिए



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ सुरु हुनु दुई दिनअघि चेन्नई सुपर किङ्ग्स टिमको नेतृत्वमा ठूलो परिवर्तन भएको छ ।

महेन्द्र सिंह धोनी चेन्नई सुपर किंग्सको कप्तान हुने छैनन् । चेन्नईले आफ्नो ट्वीटर अकाउन्टबाट यो जानकारी दिएको हो । उनले टोलीको कप्तानी छाडेका छन् । उनको स्थानमा रविन्द्र जडेजाले जिम्मेवारी सम्हाल्नेछन् । जडेजा सन् २०१२ देखि चेन्नई सुपर किंग्सको टोलीमा रहेका छन् । चेन्नईले धोनीको कप्तानीमा ४ पटक आईपीएलको उपाधि जितेको छ ।

जडेजालाई फ्रेन्चाइजले १६ करोडमा राखेको थियो । योसँगै धोनीले यो सिजन १२ करोड पाएका छन् । यसअघि पनि जडेजालाई कप्तान बनाइने अनुमान गरिएको थियो । उनी बाहेक मोइन अलीलाई ८ करोड र ऋतुराज गायकवाडलाई ६ करोडमा रिटेन गरिएको थियो ।

धोनीले चेन्नईका लागि २१३ खेलमा कप्तानी गरेका छन् । उनको कप्तानीमा टोलीले १३० खेल जितेको छ । यसबीचमा सुरेश रैनाले ६ खेलमा कप्तानी पनि गरेका थिए जसमध्ये टोलीले २ खेल मात्र जितेको थियो । यी दुई बाहेक टोलीमा कप्तान छैनन् । कप्तानमा यो ठूलो फेरबदलको निर्णय प्रतियोगिता सुरु हुनु दुई दिनअघि चेन्नईको व्यवस्थापनले गरेको हो ।

यस संस्करणको आईपीएल यही मार्च २७ तारिखदेखि सुरु हुँदैछ । पहिलो खेलमा चेन्नई र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।

 




भर्खरै