२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेप फर्किए घिसिङ



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ जिम्मेवारीमा फर्केका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्कालिन राखेप सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरी गत मंसिरमा घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।

तर, उक्त नियुक्ती खारेजीको माग गर्दै सिलवाल सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले मंगलबार सिलवालको रिट खारेज गरेपछि घिसिङलाई जिम्मेवारीमा फर्कन बाटो खुलेको हो ।

बुधबार जिम्मेवारीमा फर्किएसँगै घिसिङले सञ्चारकर्मीसँग कुरा गर्दै एशियाली खेलकुद र राष्ट्रिय खेलकुदलाई प्राथमिकता दिएर काम गर्ने बताए । यस्तै, नवौं राष्ट्रिय खेलकुद यही आर्थिक वर्षमा गर्ने उनको भनाई छ ।

यो पनिः सिलवालको रिट खारेज, टंकलाललाई काम गर्न बाटो खुल्ला