२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः गुजरातद्वारा पञ्जाब ६ विकेटले पराजित



अ+ अ-

एजेन्सी । गुजरात टाइटन्सले रोमाञ्चक खेलमा पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ । आईपीएल २०२२ को १६ औं खेलमा, गुजरातले अन्तिम ओभरमा १९ रन बनाएर सिजनको आफ्नो लगातार तेस्रो जित दर्ता गरेको हो । पञ्जाबले दिएको १९० रनको लक्ष्य हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातको टोलीले चार विकेटको क्षतिमा पूरा गर्यो ।

जितसँगै टाइटन्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गुजरातका लागि शुभमन गिलले सर्वाधिक ९६ रन बनाए भने राहुल तेवटियाले अन्तिम दुई बलमा दुई छक्का प्रहार गर्दै खेल समाप्त गरे ।

पञ्जाबले दिएको १९० रनको लक्ष्य पछ्याएको गुजरातको सुरुवात राम्रो हुन सकेन । म्याथ्यु वेड ६ रन बनाएर आउट भए । तर, यसपछि शुभमन गिल र डेब्यु गरेका साई सुदर्शनले दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै टोलीको स्कोर १३३ रनमा पुर्याएका थिए । सुदर्शन ३० बलमा ३५ रन बनाएर आउट भए । उनको आउट भएपछि गिल र कप्तान हार्दिक पाण्ड्याले मिलेर इनिङ्सलाई सम्हाले र ३३ रनको साझेदारी गरे । यस क्रममा गिलले २९ बलमा आफ्नो अर्धशतक पूरा गरे ।

गुजरातको टोली एक समय सहज जिततर्फ अघि बढिरहेको थियो तर रबाडाले गिललाई ९६ रनमा आउट गरे । हार्दिक पनि दुई रन पछि रनआउट भए । गुजरातको टोलीले अन्तिम ६ बलमा १९ रन बनाउनु परेको थियो । मिलरले चौका प्रहार गरे । गुजरातलाई वाइडबाट एक र सिंगलबाट दुई रन मिल्यो । अन्तिम दुई बलमा १२ रन आवश्यक थियो, जसलाई तेवटियाले दुई छक्का प्रहार गर्दै रोमाञ्चक जित दिलाए ।

यसअघि मुम्बईको ब्रेबोर्न स्टेडियममा गुजरातले टस जितेर पन्जाबलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । पञ्जाबको सुरुवात राम्रो हुन सकेन र दोस्रो ओभरमा कप्तान मयंक अग्रवालले ५ रनमा विकेट गुमाए । सिजनको पहिलो खेल खेलेका जोनी बेयरस्टोले खासै केही गर्न सकेनन् र आठ रन बनाएर आउट भए । तर, त्यसपछि शिखर धवन र लियाम लिभिङस्टोनले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे । धवन ३० बलमा ३५ रन बनाएर आउट भए । यसपछि जितेश शर्माले केही सानदार शट खेले तर उनी पनि ११ बलमा २३ रन बनाएर आउट भए ।

अर्कोतर्फ, लियाम लिभिङस्टोनले २१ बलमा आफ्नो अर्धशतक पूरा गरे । यसपछि उनी पनि २७ बलमा ६४ रन बनाएर आउट भए । त्यसलगत्तै पञ्जाबले ३२ रनमै ६ विकेट गुमाएको थियो । अन्तिम ओभरमा राहुल चाहर २२ रन नटआउट र अर्शदीप सिंह १० रनमा नटआउट रहेर १३ बलमा २५ रनको अतुलनीय साझेदारी गर्दै टोलीको स्कोर १८९ रनमा पुर्याएका थिए । गुजरातका लागि राशिद खानले सर्वाधिक ३ विकेट लिए भने डेब्यु गरेका दर्शन नलकन्देले २ विकेट लिए ।