२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरात टाइटन्सको उत्कृष्ट प्रदर्शन जारी, सनराइजर्स हैदराबाद ५ विकेटले पराजित



अ+ अ-

काठमाडौंः इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) मा यसै वर्ष प्रवेश गरेको नयाँ टिम गुजरात टाइटन्सले उत्कृष्ट प्रदर्शन जारी राखेको छ । बुधबार साँझ भएको खेलमा गुजरातले सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गरेको छ ।

जितका लागि १९६ रनको विशाल लक्ष्य पाएको गुजरातले २० ओभरको अन्तिम बलमा छक्का हानेर पुरा गरेको थियो । गुजरातका लागि रसिद खानले अन्तिम ओभरको अन्तिम दुई बलमा लगातार छक्का प्रहार गरेर सनराइजर्सलाई हिस्स पारेका थिए ।

सनराइजर्सका युवा बलर जान्सेनको अन्तिम ओभरमा राहुल टेबटिया र रसिदले २५ रन जोडेका थिए जसमा रसिदले ३ तथा राहुल टेबटियाले १ छक्का प्रहार गरेका थिए ।

यसअघि गुजरातले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । सनराइजर्सले सुधारिएको खेल देखाउँदै २० ओभरमा ५ विकेट गुमाएर १९६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । सनराइजर्सका लागि अभिशेक शर्माले ६५, एडन मार्करामले ५६ तथा अन्त्यतिर आएका शशांक सिंहले ६ बलमा २५ रन बनाएका थिए ।

गुजरातका लागि हृद्दीमन साहले ६८, राहुल टेबटियाले ४० रन बनाएका थिए ।

यो जितसँगै गुजरात टाइटन्स फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । आठ खेल खेलेको गुजरातले ७ वटामा विजयी हुँदै १४ अंक बटुलेको छ भने दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको १२ अंक छ ।

सनराइजर्स हैदराबादको भने ८ खेलबाट १० अंक सहित तेस्रो स्थानमा छ ।