२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपत्रमा प्रकाशित भयो हप्तामा दुई दिन बिदा दिने सूचना



अ+ अ-

काठमाडौँ । सरकारले राजपत्रमा हप्तामा दुई दिन बिदा दिने सूचना प्रकाशित गरेको छ । गृह मन्त्रालयले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको हो ।

यही वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । परीक्षणका लागि साता दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय बढाएको छ ।

जेठ १ गतेदेखि बिहान ९ः३० बजे सुरु हुने कार्यालय समय बेलुका ५ः३० बजे निर्धारण गरिएको छ । त्यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ः३० देखि अपराह्न ४ः३० बजेसम्म हुनेछ ।

काठमाडौँ — सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ । जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।

मन्त्रिपरिषद्ले वैशाख १३ गते हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय भने बढाएको छ । कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको छ ।