२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौरीशङ्करको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा कांग्रेस



अ+ अ-

दोलखाको गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा विश्वास कार्की र उपाध्यक्षमा श्यामसुन्दर तामाङ निर्वाचित हुनुभएको हो । उहाँहरुले एमालेका जङ्ग गुरुङ र मुना शिवाकोटीलाई पराजित गर्नुभएको हो । चार हजार ७५१ मतसहित कार्की निर्वाचित हुनुभएको हो । एमालेका गुरुङले तीन हजार ७५७ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा तामाङले चार हजार ७४१ मत प्राप्त गर्नुभएको छ भने प्रत्यासी शिवाकोटीले तीन हजार २८१ मत प्राप्त गर्नुभयो । नौ वडा रहेको गौरीशङ्करमा एमालेले वडा नं ५ मा मात्र वडाध्यक्ष जितेको छ । वडा नं ४, ६ र ९ मा कांग्रेस तथा वडा नं १, २, ३, ७ र ८ मा माओवादी केन्द्र विजयी भएको छ ।