© 2023
कैलाली। कैलालीको घोडाघोडी नगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ । सवारीसाधनको अभावका कारण मृतकको शव आर्यघाटसम्म पु¥याउन परिवारले भोग्नुपरेको कठिनाइलाई मध्यनजर गर्दै सेवा सुरु गरिएको नगरप्रमुख खडकबहादुर रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “दुःखको बेला नागरिकले आर्थिक, सामाजिक तथा व्यवस्थापकीय समस्या झेल्न नपरोस् भन्ने मानवीय सोचका साथ सेवा सञ्चालनमा ल्याइएको