२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्यालेस्टिनी कैदीहरूलाई मृत्युदण्ड दिने कानुन खारेज गर्न इजरायललाई राष्ट्रसङ्घको आग्रह

काठमाडाैँ । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले इजरायले पारित गरेको प्यालेस्टिनी कैदीहरूलाई मृत्युदण्ड दिने कानून खारेज गर्न आह्वान गर्नु भएको छ । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले विज्ञप्ति मार्फत उक्त कानून भेदभावपूर्ण रहेको जनाउदै यसको कार्यन्वयन भएमा अन्तर्राष्ट्रिय कानून अन्तर्गत इजरायलको दायित्व उल्लङ्घन गर्ने बताए ।