© 2023
काठमाडौँ।नेपाली कम्युनिष्ट पार्टीका नेता लिलामणि पोखरेलले नेपालको राष्ट्रिय स्वतन्त्रता र स्वाधीनता संकटपूर्ण स्थितिमा रहेको बताउनुभएको छ । उहाँले यो संकटबाट मुलुकलाई जोगाउनका लागि सबै देशभक्त शक्तिहरू र वामपन्थीहरूको नयाँ ध्रुवीकरण अपरिहार्य भएकोमा जोड दिनुभएको हो । नेता पोखरेलले हालैका राजनीतिक उतारचढाव र ‘जेन–जी’ आन्दोलन स्वस्फूर्त नभई योजनावद्ध भएको दाबी गर्नुभयो