© 2023
बाजुरा। सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले निजी क्षेत्रसँगको सहकार्यमा प्रदेशमा लगानीको वातावरण बनाउन सरकार लागिरहेको बताउनुभएको छ । आज यहाँ आयोजित उच्च पहाडी क्षेत्रमा बृहत्तर भेडा बाख्रापालनका लागि सरोकार भएकाहरूसँगको छलफल कार्यक्रममा उहाँले कृषि तथा उद्योग क्षेत्रमा लगानीका लागि निजी क्षेत्रसँग सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो