२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निवेदकबाटै पल शाहको थुनछेक सुनुवाइ स्थगित



अ+ अ-

पोखरा । अभिनेता पूर्णविक्रम शाह (पल शाह) को थुनछेक सुनुवाइ स्थगित भएको छ । नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता शाह पक्षका कानून व्यवसायीले आजका लागि निर्धारण गरिएको थुनछेक सुनुवाइ स्थगित गर्न अदालतमा निवेदन दिएका छन् ।

तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले एक नाबालिगलाई पटकपटक बलात्कार गरेको अभियोगमा तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न नसकिने भन्दै शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए । शाह दुवै जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गर्न उच्च अदालत पोखरा पुगेका थिए ।

उच्च अदालत पोखराले दुवै जिल्ला अदालतबाट माग गरेको कैफियत प्रतिवेदनसहितको मिसिल आइसकेपछि बिहीबारका लागि उक्त निवेदन दैनिक पेसी सूचीमा राखेको थियो । यद्यपि निवेदक पक्षबाटै तयारी नपुगेको भन्दै सो पेसी स्थगित गराइएको हो । उक्त निवेदनमाथि अब अर्को सुनुवाइका लागि मिति तोकिने छ ।




भर्खरै