२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी उपमन्त्रीको तिब्बती शरणार्थी शिविरमा भएको भ्रमणप्रति विप्लव नेतृत्वको नेकपाको आपत्ति



file
अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हालै नेपालस्थित तिब्बती शरणार्थी शिविरमा अमेरिकी उपमन्त्रीले गरेको भ्रमणप्रति आपत्ति प्रकट गरेको छ ।

पार्टीका प्रवक्ता प्रकाण्डले शुक्रबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा यही जेठ ११ गते अमेरिकी उपमन्त्री अजरा जियाले नेपालस्थित तिब्बती शरणार्थी शिविरमा भ्रमण गरेको विषयप्रति पार्टीको गम्भीर ध्यान आकर्षित भएको उल्लेख छ ।

नेपाल भ्रमणमा आएकी अमेरिकी उपमन्त्रीले दुई देश र दुई सरकारसँग सम्बन्धित कार्य गर्नुको सट्टा अति संवेदनशील रहेको तिब्बती शरणार्थी शिविरमा भ्रमण गर्न जानु भनेको नेपालको राष्ट्रिय स्वाधीनता र कूटनीतिक मर्यादा बाहिरको कार्य भएको सो पार्टीले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यो कार्य नेपाली जनताका लागि घोर आपत्तिको विषय हो, यो कूटनीतिक मर्यादाविपरीत कार्यको हाम्रो पार्टी कडा विरोध गर्दछ ।” विज्ञप्तिमा नेपाल सरकारलाई अमेरिकी उपमन्त्री तिब्बती शरणार्थी शिविरमा कसले किन लगेको हो भन्दै लैजानुको कारणबारे नेपाली जनतासमक्ष स्पष्ट जानकारी गराउन विशेष माग गरिएको छ ।