२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार स्थापना



अ+ अ-

काठमाडौं । मदन भण्डारी फाउण्डेशनले यस वर्षदेखि रु एक लाख राशिको मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारको सुरुआत गरेको छ ।

सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको प्राप्तिमा सहयोग हुने गरी लोकतान्त्रिक सामाजिक न्यायको क्षेत्र विशेषतः हिंसा तथा विभेदरहित समाज निर्माण, पर्यावरण र सांस्कृतिक तथा सामाजिक सम्पदाको संरक्षण, मानवअधिकार, सार्वजनिक शैक्षिक सुधार, स्वास्थ्य सेवाको पहुँच, न्यायमा पहुँच, मर्यादित जीवनको लागि निरन्तर कार्यरत व्यक्ति वा संस्थालाई पुरस्कृत गर्नु यस पुरस्कारको मूल उद्देश्य सो संस्थाले जनाएको छ ।

यस वर्ष समाज परिर्वतन र विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएका व्यक्ति/संस्थालाई प्रदान गर्ने भएकाले राष्ट्रिय पुरस्कारको लागि आवेदन आह्वान गरिएको फाउण्डेशनका सचिव पेमा लामाले जानकारी दिनुभयो ।

विसं २०६८ देखि हरेक वर्ष जननेता मदन भण्डारीको जन्मजयन्ती (असार १४ गते) को अवसरमा रु एक लाख राशिकै मदन भण्डारी राष्ट्रिय पुरस्कार पनि प्रदान हुँदै आएको छ । नेपालको राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा सहयोग हुने गरी आर्थिक समुन्नति तथा अवसरको समन्यायिक वितरणका क्षेत्रमा अध्ययन, अनुसन्धान, उद्यमशीलता, आविष्कार, नवप्रवर्तन र राष्ट्रिय पुँजी निर्माणका लागि योगदान पु-याउने व्यक्ति/संस्थाको पहिचान गरि पुरस्कृत गर्नु रहेको जनाइएको छ । यस वर्ष राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने कृषि क्षेत्रमा नवीन प्रयोग गरेको व्यक्ति/संस्थालाई प्रदान गर्ने निर्णय भएकाले आवेदन माग गरिएको छ । रासस

 




भर्खरै