२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको फाइनल आज, उपाधिका लागि रियल मड्रिड र लिभरपुल भिड्दै



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस च्याम्पियन रियल मड्रिड र इङ्लिस एफए कप च्याम्पियन लिभरपुल आमनेसामने हुँदैछन् । खेल आज मध्यरात १२ः४५ बजे फ्रान्सको राष्ट्रिय स्टेडियम पेरिसमा हुनेछ ।

रियल मड्रिडले १३ पटक च्याम्पियन्स लिग जितेको छ भने लिभरपुलले ६ पटक जितेको छ । अन्तिम पटक यी दुई टोली २०१८ को फाइनलमा भिडेका थिए ।

जहाँ क्रिस्टियानो रोनाल्डो र रामोस जस्ता स्टार फुटबलरहरू समावेश बलियो मड्रिडले अनुभवहीन युवा टोली लिभरपुललाई ३–१ ले हराएको थियो । त्यतिबेला लिभरपुलका मोहम्मद सलाह चोटका कारण टोलीबाट बाहिर थिए । यसपटक टोलीमा रोनाल्डो र रामोस छैनन् तर मड्रिडका करिम बेन्जेमाले उत्कृष्ट प्रदर्शनका कारण टोलीलाई उपाधि दिलाउन सक्छन् ।

यस पटकको टोली सन् २०१८ को लिभरपुल टोलीभन्दा धेरै बलियो र सन्तुलित छ । मड्रिडले लिभरपुललाई कमजोर मान्दै फाइनलमा प्रवेश गर्नेछैन । यी दुई च्याम्पियन्स लिगको फाइनलमा दुईपटक भिडेका छन् र दुवैले १–१ पटक खेल जितेका छन् । सन् १९८१ मा लिभरपुलले रियललाई हराएको थियो भने २०१८ मा रियलले लिभरपुललाई हराएको थियो ।

रियल मड्रिड निकै संघर्ष गर्दै फाइनल पुगेको हो । अघिल्लो चरणका खेलहरूमा पीएसजी, चेल्सी र म्यानचेस्टर सिटी जस्ता उत्कृष्ट क्लबहरूलाई पराजित गर्दै रियल यो स्थानमा पुगेको हो । अर्कोतर्फ लिभरपुलले इन्टर मिलान, बेन्फिका र भिल्लारियल जस्ता टोलीलाई सहजै हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

लिभरपुलले यो सिजन नकआउट चरणका ६ खेलमा दोस्रो हाफमा १४ गोल गरेको छ भने पहिलो हाफमा ६ गोल गरेको छ । यस्तै, रियल मड्रिडले ६ नकआउट चरणमा पहिलो हाफमा ८ गोल र दोस्रो हाफमा १५ गोल गरेको छ ।

रियल मड्रिडका लागि करिम बेन्जेमा सर्वाधिक गोलकर्ता हुन् । यद्यपि, टोलीका अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरेका छन् । रोड्रिगोले पाँच गोल गरेका छन् भने दुईमा असिस्ट गरेका छन् । यस्तै, भिनिसियस जुनियरले टोलीका लागि ३ गोल गरेका छन् । उनीहरुलार्य गोल गर्न मिडफिल्डर लुका मोड्रिचले महत्वपूर्ण भूमिका खेलेका छन् ।