२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रियुगाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी



अ+ अ-

उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार वसन्त बस्नेत १३ हजार ९५९ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार भागवत राउले ११ हजार ८७३ मत पाएका छन् । त्यसैगरी सो नगरपालिकाका पूर्वप्रमुख नेकपा (एकीकृत समाजवादी) का बलदेव चौधरीले नौ हजार १४७ मत हासिल गरे ।

यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार महेश्वरी राई १३ हजार ७०३ मत ल्याई निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सरिता राई ११ हजार ९८१ मत ल्याई पराजित भइन् । माओवादी केन्द्रकी गीता खड्काले छ हजार ५६८ मत प्राप्त गरिन् ।

कूल १६ वडा रहेको त्रियुगामा कांग्रेसले ९, एमालेले ४ र माओवादी केन्द्रले ३ वटा वडा जितेका छन् । सो नगरमा निर्वाचन समाप्त भएको ११ दिनपछि मात्र मतगणना सुरु भएको थियो ।

वडा नं १२ मा विवाद सुरु भएपछि समयमै मतगणना हुनसकेको थिएन । यद्यपि पछि निर्वाचन अयाोगले यथास्थितिबाटै मतगणना सुरु गर्न निर्देशन दिएपछि जेठ १० देखि मतगणना सुरु भएको थियो ।