२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज नाकाबाट निर्यात ९३ प्रतिशत वृद्धि



अ+ अ-

पर्सा । देशको मुख्य व्यापारी नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा यो नाका प्रयोग गरी हुने नेपाली वस्तुको निकासीमा ९३ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा रु ३७ अर्ब ९७ करोड ७० लाख मूल्य बराबरको नेपाली वस्तु निकासी भएकामा चालू आवको सोही अवधिमा रु ३५ अर्ब १३ करोड बढी अर्थात् रु ७६ अर्ब १० करोड मूल्य बराबरको विभिन्न वस्तु निकासी भएको छ । यो ९२दशमलव ५१ प्रतिशतले बढी हो । वीरगञ्ज नाका प्रयोग गरी नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ बढी निकासी हुने भटमास तथा खजुरको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, सिन्थेटिक यार्न, जमोठ कपडा, स्पोर्ट सुज, सिन्थेटिक सुजलगायत वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

यस नाकाबाट नेपाली वस्तुको निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा समेत सुधार देखिएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले गत आर्थिक वर्षको १० महिनामा रु एक खर्ब ४१ अर्ब ६२ करोड १० लाख राजस्व सङ्कलन भएकामा चालू आवको सोही अवधिमामा रु २९ अर्ब आठ करोड १६ लाख बढी अर्थात् रु एक खर्ब ७० अर्ब ७० करोड राजस्व सङ्कलन भएको बताउनुभयो ।