३० जेष्ठ २०८३, शनिबार
,
Latest
काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’ पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीको रोहिणी खोलामा बस खस्यो, ९ को मृत्यु, २३ घाइते



अ+ अ-

काठमाडौं । रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा सवार ३२ जना यात्रु मध्ये ९ जनाको मृत्यु भएको हो । ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको अस्पताल प्रहरीले जनाएको छ ।

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो । अन्य घाइतेहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसलाई निकालेको र घाइतेको उद्धार गरि अस्पताल पुर्याउने काम भइरहेको छ ।

बिहानको समयमा चालक निदाएका कारणले बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।