३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोभिड सङ्क्रमण करिब ४१ प्रतिशतले वृद्धि, ५ हजार २३३ नयाँ सङ्क्रमित



फाईल फोटो
अ+ अ-

नयाँ दिल्ली । भारतमा मङ्गलबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा थप पाँच हजार २३३ जना कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

सोमबार, भारतमा थप तीन हजार ७१४ जनालाई कोरोना सङ्क्रमण भएको थियो । मङ्गलबार वृद्धि भएका यो कोरोना सङ्क्रमितहरु मध्ये महाराष्ट्रका एक हजार ८८१ जना रहेका थिए । यो सङ्ख्या फेबु्रअरी १८ यताकै उच्च हो ।

सोमबाार तुलना मङ्गलबार कोरोना सङ्क्रमणमा ४१ प्रतिशतले बृद्धि भएको समाचारमा जनाइएको छ । हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या २८ हजार ८५७ रहेका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या भारतमा हालसम्म भएका कोरोना सङ्क्रमितको ०.०७ प्रतिशत भएको जनाइएको छ ।

सोमबार मध्यरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा तीन जार ३४५ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ३६ हजार ७१० पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७२ प्रतिशत रहेको छ ।

भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ३५ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ४३ लाख २६ हजार ४१६ हजार खोप लगाइएको छ ।