२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डमा खुलेआम गाँजा पिउन छुट



अ+ अ-

बैंकक । थाइल्याण्ड घरमै गाँजाको उपभोग र खेतीलाई वैधानिकता दिने एसियाकै पहिलो देश बनेको छ। थाइल्याण्डका जनताले अब गाँजा पिउन मात्र नभई यसलाई तरकारीको रूपमा उत्पादन गर्न सक्नेछन् ।

थाई सरकारले प्रतिबन्धित औषधिको सूचीबाट गाँजालाई हटाएको छ। थाइल्याण्डका स्वास्थ्यमन्त्री अनुटिन चार्नविरकुलले यो घोषणा गर्दै खुशी मनाएका हुन् । सरकारले देशभर १० लाख गाँजाको बीउ पठाउने योजना बनाएको उनले बताए ।

स्वास्थ्यमन्त्रीले थाइल्याण्डलाई ‘विड वन्डरल्याण्ड’का रूपमा विकास गर्न चाहेको बताए । अब नयाँ नियमअन्तर्गत थाइल्याण्डका मानिसहरूलाई मेडिकल आधारमा गाँजाको उत्पादन गर्न, खान र बेच्न अनुमति दिइएको छ।

यद्यपि शौखिनरुपमा गाँजाको खपत अझै पनि प्राविधिकरूपमा निषेधित छ। यति मात्र होइन सरकारले बेच्ने गाँजाको टीएचसी स्तरमा प्रतिबन्ध लगाएको छ। यसको उद्देश्य रक्सी पिउनेहरूलाई मादक पदार्थबाट जोगाउनु हो र यसको प्रयोग पीडा कम गर्न मात्र गरिएको हो।

यही समयमा गाँजालाई समर्थन गर्नेहरू यो कदमले यसको उत्पादनलाई अपराध नबनाउने बताएका छन् । थाइल्याण्ड सरकारले गाँजा बालीबाट मनग्गे आम्दानी हुने र कोरोनाका कारण आएको मन्दीबाट अर्थतन्त्र बाहिर निस्कने आशा लिएको छ ।

गाँजाबाट बनेको मिठाई बेच्ने चोकवान किट्टी चोपका भन्छन्, “कोरोनापछि अर्थतन्त्र ओरालो लागेको छ, हामीलाई यसको साँच्चै आवश्यकता छ ।”

थाइल्याण्डका केही मानिसहरूले गाँजा पिउने अनुमति पाएपछि ठूलो उत्साहका साथ मनाए। उनीहरुले क्याफेमा गएर हेम्प प्लान्टको भागबाट बनाइएको र लागुऔषधको सम्भावना कम भएको गाँजा किने।

यी मानिसहरू बैंककको हाईल्यान्ड क्याफेमा पुगे जहाँ उनीहरूले उखु, बबलगम, पर्पल अफगानी र यूएफओको नाममा हेम्पबाट बनेका चीजहरू किनेका थिए।

गाँजा किन्ने पहिलो व्यक्ति रित्पोङ बच्कुलले भने, “म अब म गाँजा पिउने हुँ भनेर चिच्याउन सक्छु। मैले यसलाई लुकाउन आवश्यक छैन किनभने पहिले यसलाई अवैध लागूपदार्थ मानिन्थ्यो।” एजेन्सीको सहयोगमा