३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाले सञ्चालन गरेको ‘अभ्यास हातेमालो–४’ सम्पन्न



अ+ अ-

काठमाडौं । नेपाली सेनाले संचालन गरेको ‘अभ्यास हातेमालो–४’ सम्पन्न भएको छ ।

विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी पार्ने उद्देश्यका साथ नेपाल सरकारका विभिन्न सरोकारवाला मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैह्रसरकारी निकायका प्रतिनिधिहरुलाई सहभागी गराई नेपाली सेनाले संचालन गरेको ‘अभ्यास हातेमालो–४’ मंगलबार जंगी अड्डास्थित सभामण्डप हलमा प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा समापन भएको हो ।

उक्त समापन कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रधान सेनापति शर्माले विपद् व्यवस्थापन समन्वय संयन्त्रको जाँच, खोज तथा उद्धार क्षमताको मुल्याङ्कन, विपद्सँग सम्बन्धित विभिन्न योजना अद्यावधिक तथा विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न अभ्यासरगतिविधि सञ्चालनको मुख्य उद्देश्य सहित सञ्चालन भएको सो अभ्यास उपलब्धिमुलक रहेको विश्वास व्यक्त गर्नुभयो ।

सोही क्रममा वहाँले, विभिन्न समयमा आईपर्ने विभिन्न प्राकृतिक प्रकोपको दौरान व्यवस्थापकीय चूनौतीका साथै सुरक्षा चूनौती समेत रहने हुँदा कुनै एक संस्थाको एकल प्रयासबाट मात्र प्रतिकार्य सम्भव नहुने भएकाले एक आपसको समन्वय तथा सहकार्यमा एकिकृत ढंगले अगाडी बढे मात्र लक्षित उद्देश्य प्राप्त हुने बताउनु भएको थियो ।

मन्तव्यकै क्रममा प्रधान सेनापति महारथी शर्माले, विपद् व्यवस्थापनका निमित्त दक्ष जनशक्ति उत्पादनको लागि नेपाली सेनाले श्री राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालय स्थापना गरेको तथा विपद् व्यवस्थापन कार्यलाई थप टेवा पुर्याउन International Search and Rescue Advisory group(INSARAG) ले तोकेको मापदण्ड बमोजिमको एउटा Medium Urban Search and Rescue Team को राष्ट्रिय प्रमाणिकरण प्रकृयाको सुरुवात भएको जानकारी गराउनु हुँदै उक्त अभ्यासमा सहभागी मन्त्रालय, सरकारी तथा गैह्र सरकारी निकाय, सहजकर्ता तथा सहभागी सम्पूर्ण प्रति आभार प्रकट गर्नु भएको
थियो ।

सोमबार बलाध्यक्ष रथी श्री सरोज प्रताप राणाले शुभारम्भ गर्नु भएको उक्त दुई दिवसीय अभ्यासको दौरान विपद् व्यवस्थापन सम्बन्धी विविध विषयहरुमा प्रस्तुतीकरण सहितको छलफल तथा अन्तक्रिया र Tabletop Exercise संचालन गरिनुका साथै जङ्गी अड्डा परिसरमा फायर फाइटिङ्गको डेमोन्ष्ट्रेशन एवं विभिन्न विपद्को दौरान प्रयोग हुने विपद् व्यवस्थापन सामग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो ।

उक्त अभ्यासमा, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरु, विभिन्न मन्त्रालय, प्राधिकरण, विभाग र कार्यालयका सह सचिवहरु, प्रदेशस्थित विभिन्न निकायहरुका प्रमुख एवं प्रतिनिधिहरु, गैह्र सरकारी संघरसंस्थाका प्रमुख एवं प्रतिनिधिहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरु लगायत सरोकारवाला विभिन्न निकायका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

विपद् व्यवस्थापन कार्यमा प्रत्यक्ष सम्बन्ध राख्ने विभिन्न सरकारी एवं गैह्र सरकारी निकायहरुलाई सहभागी गराई संचालन हुने यस किसिमका संयुक्त अभ्यासहरुले विपद् प्रतिकार्यमा परिचालन हुने सम्पूर्ण निकायहरुको क्षमता अभिवृद्धि भई विपद् व्यवस्थापन कार्य थप प्रभावकारी हुने विश्वास नेपाली सेनाले लिएको छ ।




भर्खरै