३१ जेष्ठ २०८३, आईतवार
,
Latest
स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोकिएन तनहुँमा चितुवाको आक्रमण, बालकको मृत्यु



अ+ अ-

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट मंगलबार एक बालकको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट स्थानीय पाँच वर्षीय सुपिम्र रिलामीको ज्यान गएको हो ।

घरको आँगनमा खेलिरहेको अवस्थामा रिलामी चितुवाको आक्रमणमा परेका हुन् । उनको शव घरभन्दा २०० मिटर टाढाको छपेली सामुदायिक वनमा फेला परेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । “चितुवाको आक्रमणमा परेको थाहा पाउने वित्तिकै खोज्दै जाँदा वनमा मृत फेला पार्यौँ,” उहाँले भन्नुभयो । चितुवाले बालकको घाँटीमा आक्रमण गरेको छ ।

केही दिनयता बन्दीपुरमा चितुवाको आतङ्क बढेको छ । गत शनिबार र आइतबार चितुवाको आक्रमणबाट बन्दीपुर–१ र ४ मा दुई जना घाइते भएका थिए । चितुवा नियन्त्रणका लागि त्यहाँ खोर राखिएको छ । विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा ११ बालबालिकाले ज्यान गुमाइसकेका छन् ।

चितुवा आहारा खोज्दै मानव बस्तीमा पस्ने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताउनुभयो ।




भर्खरै