२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनमा हलचलपछि एसपीपी सम्झौता नगर्ने पक्षमा देउवा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा अन्ततः स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नगर्ने पक्षमा पुगेको बालुवाटार समाचार स्रोतले जनाएको छ । स्रोतका अनुसार सत्ता गठबन्धनमै संकट आउने देखेपछि प्रधानमन्त्रीले यसपटकका लागि सो सम्झौता नगर्ने पक्षमा पुगेका हुन् ।

प्रधानमन्त्री देउवाले आफ्नो अमेरिका भ्रमणमा एसपीपी सम्झौता गर्ने समाचार आएपछि व्यापक विरोध भएको थियो । अहिले पनि सो विरोध भइरहेको छ । त्यो पनि सत्तारुढ दलभित्रै धेरै विरोध भएपछि प्रधानमन्त्रीले सरकारमाथि नै दखल पर्न जाने आँकलन गरेको बुझिएको छ ।

सत्तारुढ गठबन्धनभित्रै यो रडाको मच्चिएपछि तत्कालका लागि सम्झौता नहुने संकेत बालुवाटारले गरेको समाचार स्रोतले जनायो । यो सम्झौता विगत करिब ८ वर्षदेखि नै चर्चामा रहेको छ । यसअघि मात्र एमसीसी पास गरेको सरकारका प्रधानमन्त्री देउवाले यसै विषयलाई आफ्नो अमेरिका भ्रमणको मुख्य एजेन्डा बनाउने बताइएको थियो । प्रधानमन्त्री र खासमा नेपाली कांग्रेस सो सम्झौता गर्ने तयारीमा नै छ । तर सत्ता सहयात्री वामपन्थी दलहरूबाटै चर्को विरोध भएपछि देउवा हच्केका छन् ।

अबका केही महिनामा नै नेपालमा संसदीय निर्वाचन हुन लागेको छ । यही निर्वाचनको मुखमा कांग्रेसलाई देश विरोधी भनी राष्ट्रवादी मुद्दासँग जोडेर वामपन्थी ध्रुवीकरण हुन सक्ने खतरा देखिएपछि प्रधानमन्त्रीले तत्काल सम्झौता नहुने संकेत गरेको बालुवाटार स्रोतले जनाएको छ ।

यसैबीच आजै यसबारे उठेका आशंका र प्रश्नहरूमा प्रधानमन्त्रीका तर्फबाट संसद्मा मन्त्रीहरूले जवाफ पनि दिने भएका बताइएको छ । उता प्रतिनिधिसभा बैठकमा मंगलबार परराष्ट्रमन्त्री नारायण खड्काले पनि एसपीपी हिन्द–प्रशान्त रणनीतिको हिस्सा नभएको भन्दै सम्झौता हुन सक्ने संकेत गरेका थिए । मन्त्री खड्काको यो जवाफपछि पनि उक्त सम्झौताको झन् विरोध भएको छ ।

यो सम्झौता गर्ने भए सत्ताबाट बाहिरिने चेतावनी अरु राजनीतिक दलले दिएका छन् । माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरुले त यसको विरोध सार्वजनिक रुपमै गरेका छन् ।

यो पनि पढ्नुहोसनेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबी असत्य: अमेरिकी दुतावास