२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी



file
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

यसअघि पार्टी सचिवालयले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई आज बसेको स्थायी कमिटीले अनुमोदन गरेको उहाँले बताउनुभयो । “उचित समयमा बजेटको काम सकिएपछि हामीले नयाँ मन्त्री पठाउनेछौँ”, उहाँले भन्नुभयो । यस्तै बैठकले राष्ट्रिय हितमा प्रतिकूल पार्ने कुनै पनि किसिमका सन्धि सम्झौता गर्न नदिने र सरकारले त्यो कुरामा सजक गराइने निर्णयसमेत गरेको उहाँले जानकारी दिनुभयो ।

पार्टीले निर्वाचनको समीक्षा गर्दा कांग्रेस र माओवादीलगायत पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने प्रयास गर्ने तथा विगतका कमजोरीलाई सच्याउनका लागि सबैलाई एक ठाउँमा ल्याउने र अझ परिकृत भएर अगाडि बढ्ने निर्णय गरेको प्रचार विभाग प्रमुख खतिवडाले बताउनुभयो । उहाँका अनुसार असार १० गते पोलिटब्युराको बैठक, ११ गते केन्द्रीय कमिटी बैठक र असार १२ र २३ गते केन्द्रीय परिषद्को बैठक डाँकिएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा प्रतिवेदन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्नुभएको छ । प्रतिवेदनमा परिमार्जन गरेर नयाँ राजनीतिक प्रतिवेदन गरिने र सो प्रतिवेदन केन्द्रीय कमिटीबाट अन्तिम रुप दिइने उहाँले बताउनुभयो । यस्तै बैठकले कर्णाली प्रदेशमा २० जना प्रदेश सदस्य जना मनोनीत गरेको र पार्टी विरोधी गतिविधि गरेका १२ जनालाई हटाइएको उहाँले जानकारी दिनुभयो ।




भर्खरै