१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेद्वारा पुँजिबजारमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले पुँजिबजारमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पुँजिबजार संकटपूर्ण अवस्थामा गुज्रिरहेको बताउनुभयो । पुँजिबजार धराशयी हुँदा सिंगो अर्थतन्त्रमै गम्भिर असर परेको र लगानीकर्ताहरुको लगानी जोखिममा परेको भन्दै उहाँले पुँजिबजारको पुर्नउत्थान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपाल राष्ट्र बैंकले आफ्ना नीतिहरुलाई पुनरावलोकन गरेर भएपनि पुँजिबजारको जोखिम हटाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘लाखौँ नेपालीहरु आवद्ध भएको, लाखौँ नेपालीहरुले भरोसा गरेको यो सेयर मार्केटलाई हामीले कुनै न कुनै रुपमा पुर्नउत्थान गर्न जरुरी छ । त्यसका लागि अर्थमन्त्रीले एउटा जोखिमयुक्त कदम उठाएर अर्थमन्त्रालयले कदम उठाएर भएपनि नेपाल राष्ट्र बैंकले आफ्नो नीतिहरुलाई पुनरावलोकन गरेर भएपनि यो सेयर मार्केटका लगानीकर्ताहरुको जुन जोखिम छ, त्यो जोखिमबाट पुनरुत्थान गर्नका लागि जोडदार रुपमा हामी माग गर्न चाहान्छौँ ।’

प्रमुख सचेतक भट्टराईले लगानीकर्ताहरुले आत्महत्या गर्ने तहसम्मको अवस्था उत्पन्न भएको भन्दै राज्यले आफुलाई बेखबर र गैरजिम्मेवार बनाउनु नहुने बताउनुभयो । उहाँले लगानीकर्ताको सुरक्षा राज्यले गर्नुपर्ने बताउनुभयो । उहाँले पुँजिबजार सुधारको माग राखि अनशनरत तिलक कोइरालाको स्वास्थ्य अवस्था गम्भिर हुँदै गइरहेको भन्दै कोइरालाको माग सम्बोधन गर्न पनि सरकार सँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘लगानीकर्ताहरु आत्महत्याको तहसम्म जानुपर्ने अवस्था उत्पन्न भएको छ । राज्यले आफुलाई बेखबर र गैरजिम्मेवार ठान्नु किमार्थ स्वीकार्य हुन सक्दैन । हामीले राज्यको तर्फबाट यथोचित ध्यान दिन सकिएन र लगानीकर्ताहरुको सुरक्षा गर्न सकिएन भने राज्य कसैको अभिभावक बन्न सक्दैन । त्यसो भएको हुनाले जसलाई यसले जुवा भन्नुभयो उहाँहरुले पनि आफुलाई परिमार्जन गरेर लाखौँका संख्यामा रहेका लगानीकर्ताहरुको लगानीलाई सुरक्षित गर्नुपर्ने दायित्व छ । ति अभिव्यक्तिलाई सच्याएर, अर्थ मन्त्रालयका प्रतिवद्धता पुरा गर्ने गरी राष्ट्रबैंकले आफ्ना कतिपय कुराहरुको पुनरावलोकन गरेर अनशनमा बसिरहनुभएका तिलक कोइरालाका स्वास्थ्यका लागि पनि, उहाँको जिवन रक्षाका लागि पनि र लाखौँ नेपालीहरुको लगानीलाई सुरक्षा गर्नका लागि पनि शीघ्र नेपाल सरकारले, अर्थमन्त्रालयले उहाँहरुको मागलाई सम्बोधन गरोस् । र उहाँहरुको मागहरु पुरा गरोस् भन्ने म जोडदार माग गर्न चाहान्छु ।’

उहाँले बेला बेलामा नेताहरुले पुँजिबजारलाई नोक्सान हुनेगरी अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै नेताहरुलाई आफ्नो अभिव्यक्ति सच्याउन पनि आग्रह गर्नुभयो ।