१ असार २०८३, सोमबार
,
Latest
ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाले स्वतन्त्र रुपमा चुनाव जित्नु समग्र सत्य होइनः केपी ओली



अ+ अ-

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुले स्वतन्त्रबाट चुनाव जित्नुलाई समग्र सत्यको रुपमा लिन नहुने बताउनुभएको छ ।

बिहीवार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले युवाहरु स्वतन्त्र उम्मेदवार भएर विजयी हुनुलाई अपवादको रुपमा लिनुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले नेपालमा मुख्यरुपमा दुईवटा मात्र राजनीतिक पार्टी रहेको भन्दै उनीहरुले राम्रो काम नगरे त्यसको अपवादको रुपमा नयाँ शक्तिले जन्म लिने बताउनु भयो ।

उहाँले राजनीति र राजनीति संगठनमा विचारको महत्व बढी हुने भन्दै गन्तव्य र उद्देश्यको लागि विचार आवश्यक रहेको बताउनु भयो । अध्यक्ष ओलीले युवाहरुमा राजनीतिप्रति घृणा नभइ आकर्षण बढेको उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो,

‘जो स्वतन्त्र रुपमा युवाहरु उम्मेदवार हुन्छु भन्छन्, काहीँ जित्छन्, यसलाई अपवादको रुपमा लिनुपर्छ । यसलाई समग्र सत्यको रुपमा होइन, यो आंशिक सत्यको रुपमा लिनुपर्छ । अहिलेको यथार्थ के हो भने नेपालमा आधारभुत, मुख्यरुपमा दुईवटा राजनीतिक दल छन्, एमाले र नेपाली काँग्रेस । यिनीहरुले ठिक काम गरेनन् भने, कोही पनि ठिक काम नगरेर पनि लोकप्रिय भइरहने, अघि बढीरहने, जनताले विश्वास गरिरहने, माया गरिरहने, साथ दिइरहने निस्क्रिय भएपनि, यो भन्दा राम्रो काम गर्ने अर्को आयो भनेपनि त्यसलाई अस्वीकार गर्ने भन्ने कुरा हुँदैन ।’

अध्यक्ष ओलीले युवामा राजनीतिप्रतिको आकर्षण सही भएको बताउनु भयो । उहाँले युवाहरुसम्म राजनीतिक पार्टी नपुग्नुले पनि युवाहरुले आफ्नो संगठन बनाएर राजनीतिमा लागिरहेको बताउनु भयो ।