२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा स्पोर्ट्स अवार्डः अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी



अ+ अ-

पोखरा । पोखरामा शनिबार साँझ सम्पन्न छैटौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड–२०७८’ अन्तर्गत वर्ष उत्कृष्ट खेलाडीको उपाधि महिलातर्फ भलिबलका अरुणा शाही र पुरुषतर्फ टेनिसका प्रदीप खड्काले जित्न सफल भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सञ्चालन भएको अवार्डमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तानसमेत रहेकी शाही महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित हुँदै एक थान इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गरिन् ।

खेलाडीले पछिल्लो एक वर्षका अवधिमा खेलेको राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रदर्शनलाई आधार मानेर विजेता घोषणा गरिएको मञ्चले जनाएको छ । शाहीले आफूसँगै मनोनयनमा परेका क्रिकेटका मनिषा उपाध्याय र कराँतेका सरगम कुमाललाई पछि पार्दै दोस्रो पटक स्पोर्ट्स अवार्डको उपाधि जित्न सफल भएकी हुन् ।

यसैगरी टेनिसका खड्काले पुरुषतर्फ मनोनयनमा परेका ब्याडमिन्टनका विधान अधिकारी र कराँतेका बुद्ध लामालाई पछि पार्दै उत्कृष्ट खेलाडी घोषित भई उनले पनि उपाधिसहित एक थान इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गरे ।

‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई सम्मानित भए । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाबाट सम्मान गरे ।

उदीयमान खेलाडीको अवार्ड टेनिसका दर्शिल श्रेष्ठले हासिल गरे । उत्कृष्ट प्रशिक्षक टेनिसका निरज थापा, उत्कृष्ट खेल सङ्घको अवार्ड गण्डकी प्रदेश तेक्वान्दो सङ्घ र वर्ष उत्कृष्ट खेल पत्रकार विधाको उपाधि पत्रकार दीपक परियारले प्राप्त गरे । उत्कृष्ट सबै जनालाई जनही रु ३५ हजार र ट्रफी प्रदान गरिएको थियो ।

उत्कृष्ट खेलाडी, खेल सङ्घ तथा खेल पत्रकारलाई मुख्यमन्त्री पोखरेल, पोखरा महानगर प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

मञ्चले विसं २०७२ देखि खेलकुदका माध्यबाट राष्ट्रको शिर उँचो राख्न सक्षम खेलाडी तथा खेल क्षेत्रमा लागेका व्यक्तिहरुलाई हौसला प्रदान गर्न बर्सेनि स्पोर्ट्स अवार्ड प्रदान गर्दै आएको मञ्चका अध्यक्ष दीननाथ बरालले बताए ।