३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्यान मार्ने उद्योग मुद्दामा संग्लन रहेका पाँच जना प्रतिवादी पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

सप्तरी । ज्यान मार्ने उद्योग मुद्दामा संग्लन रहेको अभियोगमा ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा डाक्नेश्वरी नगरपालिका–६ घर भई हाल राजविराज नगरपालिका–८ बस्ने ३३ वर्षीय धनबीर साह, धनबीर साहकी श्रीमती ३२ वर्षीया सरिता देवी साह, राजविराज नगरपालिका–८ बस्ने ५५ वर्षीया अमरिका देवी साह, सोही ठाउँ बस्ने २५ वर्षीया रन्जु साह र २२ वर्षीया अर्चना कुमारी साह रहेका छन् ।

बलान बिहुल गाउँपालिका–५ घर भई हाल राजविराज नगरपालिका-८ बस्ने ४० वर्षीय विजय कुमार यादव, उनकी श्रीमती तथा छोरी समेतलाई धनबीर साह समेतका व्यक्तिहरूले असार १४ गते बिहान घरेलु हातहतियार प्रयोग गरी टाउको लगायत शरीरको सम्बेदनशील अंगहरुमा प्रहार गरी घाइते बनाएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरू उपर ज्यान मार्ने उद्योग शीर्षकमा जिल्ला अदालत सप्तरीबाट म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।