२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना प्रस्तुत गर्छुः जीवनराम श्रेष्ठ (भिडियो)



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले केही दिनमै पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित विश्वका सबैभन्दा धेरै उचाईमा होटल खोलेर गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाउन सफल होटललाई शुभकामना एवं आधिकारिक प्रमाणपत्र प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले रेकर्ड बनाएको भन्दै खुशी व्यक्त गर्नुभयो । सोलुखुम्बु जिल्लाको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँ ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बनेको छ ।

यो होटल ५ हजार १ सय ८० मिटर उचाइमा अवस्थित छ । ‘वल्र्ड बुक्स रेकर्ड’ लण्डनबाट विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलका रुपमा ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ले आधिकारिक प्रमाणपत्र पाएको छ । मन्त्री श्रेष्ठले कोरोनाका कारण रुग्ण बनेको पर्यटन क्षेत्रलाई तन्दुरुस्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो उहाँले यस किसिमका पर्यटनमुखी कामले देशको नाम उच्च बनाउने बताउनु भयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘यो सबै नेपालीहरुको लागि खुशीको विषय हो । विश्वका सबैभन्दा धेरै उचाईमा होटल रहेको भन्ने गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा रहेको कुरा छ । यसले नेपाललाई चिनाउने विभिन्न बयानमध्ये अर्को एउटा बयानको रुपमा होटेल रहनसक्नेछ भन्ने मलाई लागेको छ । पर्यटन क्षेत्रलाई कसरी पहिलाकै अवस्थामा फर्काउने भन्नेमा मन्त्रालय लागिरहेको छ । केही दिनभित्रमा पर्यटन क्षेत्रको व्यवसायलाई पुनः स्थापित गर्ने एजेण्डाहरु घोषणा गर्नेछौँ ।’

एभरेष्ट इन प्राइभेट लिमिटेड होटल ५ हजार १ सय ८० मिटरको उचाईमा बनाइएको छ । यसअघि सन् २००४ मा होटल एभरेस्ट भ्यूलाई विश्वकै सबैभन्दा अग्लो ठाउँमा रहेको होटलको रुपमा गिनिज बुकमा दर्ता गरिएको थियो । यो होटल सन् १९७१ मा खोलिएको थियो । यो होटल ३ हजार ८८० मिटरको उचाईमा अवस्थित थियो ।




भर्खरै