४ असार २०८३, बिहीबार
,
Latest
जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन प्रतिपक्षको आवाजलाई बेवास्ता नगर्न सरकारलाई नेकपाको चेतावनी परराष्ट्रमन्त्रीको चीन भ्रमणः यी दुई चिनियाँ सन्देशको कूटनीतिक अर्थ के ? भारतीय नयाँ एसओपीका कारण नेपाली चिया निर्यात संकटमा, समाधानका लागि सरकारसँग महासंघको आग्रह रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो चितवनमा हुने रास्वपा महाधिवेशनमा को–को सहभागी हुन पाउने ? यस्तो छ मापदण्ड उदयपुरमा खोलामा डुबेर किशोरीको मृत्यु विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण बैठक जारी रास्वपा केन्द्रीय सचिवालय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यिक पत्रिका ‘गरिमा’ को पुनः प्रकाशन शुरु



अ+ अ-

काठमाडौं । साहित्यिक पत्रिका ‘गरिमा’ को पुनः प्रकाशन शुरु भएको छ । २०९ औँ भानु जयन्तीका अवसरमा साझा प्रकाशनले मंगलवार पुलचोकस्थित कार्यालय परिसरमा विशेष कार्यक्रम गरी ‘गरिमा’ साहित्यिक मासिक पत्रिका प्रकाशन शुरु भएको जानकारी गराएको हो ।

नेपाली साहित्य जगतमा नै उच्च प्रतिष्ठा कमाएको ‘गरिमा’ को प्रकाशन २०७५ मंसिरदेखि रोकिएको थियो । नेपाली साहित्यको प्रतिनिधि पत्रिकाका रूपमा २०३९ पुसबाट प्रकाशन प्रारम्भ भएको ‘गरिमा’ साहित्यिक मासिक साझा प्रकाशनको आर्थिक सङ्कटसँगै २०७५ कात्तिकमा पूर्णाङ्क ३९६ निस्किएर बन्द भएको थियो । आर्थिक संकटका कारण ‘गरिमा’ २०७५ मंसिरदेखि प्रकाशन हुन सकेको थिएन । ‘गरिमा’ को वर्ष ३९, अङ्क १, पूर्णाङ्क ३९७ लाई २०७९ साउन अङ्क मानिएको छ ।

भाषा–साहित्य, कला–संस्कृति र शिक्षाको विकास, बिस्तार एवं विविधिकरणमा शताब्दीभन्दा बढी ऐतिहासिक यात्रा पार गरेको साझा प्रकाशन विगत लामो समयदेखि राजनीतिक खिचातानीका कारण उत्पन्न परिस्थितिले सिर्जना गरेको चरम आर्थिक संकट व्यहोर्दै आएको छ ।

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ‘गरिमा’ को साउन अंक पुनर्विमोचन गर्नुभयो । विक्रम संवत् १९७० मा स्थापित गोर्खा भाषा प्रकाशिनी समिति १९९० मा नेपाली भाषा प्रकाशिनी समितिमा रूपान्तरित हुँदा यो दक्षिण एशियाकै पहिलो साहित्यिक–सांस्कृतिक संस्था बनेको थियो । तत्कालीन परिवेशमा साहित्य सेवा र पाठ्यपुस्तक निर्माण, प्रकाशन गर्ने नेपाली भाषा प्रकाशिनी समितिले २०२१ सालमा साझा प्रकाशनको नाममा उत्तराधिकारसहित निरन्तरता पाएको थियो । १ सय १० वर्षको इतिहास बोकेको साझा प्रकाश आफूले गर्दै आएका कामबाट वञ्चित भएपछि अहिले गहिरो आर्थिक समस्या झेलिरहेको छ । ६० प्रतिशत शेयर नेपाल सरकारमा रहेको यस सहकारी संस्थामा १५ सयभन्दा बढी साहित्यकार, पत्रकार, कलाकार, शिक्षासेवी र संस्कृतिकर्मी शेयर सदस्य छन् । तर संस्था भने व्यावसायको माध्यमबिहीन भएको छ ।

पहिले पाठ्यपुस्तक निर्माण र प्रकाशनमा केन्द्रित साझा प्रकाशनलाई सरकारी नीतिअनुरूप २०२८ सालपछि पाठ्यपुस्तक वितरणमा सिमित गरिएको थियो । देशव्यापी पाठ्यपुस्तक बिक्रीवितरणबाट हुने सिमित मुनाफालाई प्रकाशनको माध्यमबाट साहित्य सेवामा लगाएको साझा प्रकाशनलाई २०६९ पछि पाठ्यपुस्तक बिक्रीवितरणबाट वञ्चित गरिएको छ । त्रि.वि.ले सञ्चालन गरेको प्रविणता प्रमाणपत्र र पछि उच्चमाध्यमिक शिक्षा परिषद्बाट सञ्चालित ११, १२ कक्षाका अनिवार्य विषयका पाठ्यपुस्तक मुद्रण र बिक्रीवितरण गर्दै आएको थियो तर सरकारले २०७६ देखि यी कामबाट साझा प्रकाशनलाई वञ्चित गरेको थियो । गत महिना शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभामा ‘कक्षा ११ र १२ का पाठ्यपुस्तक साझा प्रकाशनमार्फत मुद्रण र बिक्रीवितरणको व्यवस्था मिलाइएको’ जानकारी दिएपनि अहिलेसम्म मन्त्रायबाट नै छपाईको आवश्यक प्रक्रिया अघि बढ्न सकेको छैन ।