२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनमा कांग्रेसका केही नेताले एमाले संग सहकार्य गर्न लागेको हो ? : नेता अब्दुल सतार



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले पाँच दलीय गठबन्धन नेपाली काँग्रेसले गरेको की सभापति शेरबहादुर देउवाले मात्र गरेको हो भन्दै केन्द्रीय कार्यसमिति समक्ष प्रश्न गर्नुभएको छ ।

तीन दिन देखी पार्टी मुख्यालयमा जारी काँग्रेसको केन्द्रीय समितिको बुधबार बसेको बैठक सतारले भन्नुभयो ‘पार्टी भित्र बाटै सभापतिलाई असहयोग गर्दै जाने हो भने भोलीको निर्वाचनमा ठुलो धोका हुन सक्छ । गठबन्धन शेरबहादुरले मात्र होईन पार्टीले गरेको हो ।’

केन्द्रीय समितिको बैठकमा उहाँले भन्नुभयो ‘तीन दशक पछि स्थानीय तहमा काँग्रेस ठुलो पार्टी भएको छ गठबन्धन नभएको भए राजनीतिक कोर्स अलग हुन्थो होला तर गठबन्धन भएकै कारण काँग्रेस ठुलो पार्टी भएको हो । उहाँले भन्नुभयो ‘कसले जित्यो कसले हार्यो त्यो फरक कुरा हो २०७४ को आँकडा हेर्ने हो भने पनि स्पष्ट हुन्छ यदि पार्टी भित्र बाटै पूर्ण सहयोग भएको भए ३५० भन्दा बढी स्थानमा सजिलै जित्ने अबस्था थियो । ‘

उहाँले शेरबहादुरले गरेको गठबन्धन किन मान्ने भन्ने सन्देश कार्यकर्ता तहमा पुगेको बताउनु भयो । उहाँले पार्टीका केही नेताले एमाले अध्यक्ष केपी ओलीसंग सांठगाठ गर्ने कुरा सामाजिक संञ्जालतीर आएको भन्दै केन्द्रीय समितिको ध्यानकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो ‘एमाले संगको साँठगाठका बारेमा सभापतिज्यू जानकार हुनुहुन्छ कि हुनहुन्न , यसमा केन्द्रीय समितिको दृष्टिकोण के हो प्रष्ट पार्नुपर्छ ,काग्रेसलाई बन्धक र केन्द्रीय समिति तथा कार्यकर्तालाई दिभ्रमित बनाउने काम किन?’

नेता सतारले निर्बाचन सफलता पूर्बक सम्पन्न गरेकोमा प्रधानमनत्री एबं पार्टी सभापति शेरबहादुर देउवा , गृहमन्त्री बालकृष्ण खाँड , निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्का र प्रचार प्रसार समितिका संयोजक डा प्रकाशशरण महतलाई बिशेष धन्यबाद दिदै संसदीय निर्बाचनका लागि पनि प्रशासनिक तयारी थाल्न सुझाब दिनुभयो ।

उहाँले अबको पाँच महिनामा महाधिबेशन गरेर भातृसंगठनहरु लाई पूर्णता दिन कठिन हुने हुँदा तदर्थ समिति बनाएर भएपनि पूर्णता दिनु पर्ने र परिचालन गर्नु पर्ने सुझाब दिनु भयो । सदस्यहरुले बोल्ने क्रम जारी रहेका कारण बैठक बिहिबार पनि बस्ने छ ।

 




भर्खरै