३० जेष्ठ २०८३, शनिबार
,
Latest
श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’ आँपको सुगन्ध र लिचीको मिठास- फोटो फिचर ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रद्वारा एसपीपी स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग (भिडियोसहित)



फाइल फोटो
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले अमेरिकासँगको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग गरेको छ ।

बैठकमा विशेष समय लिएर माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले परराष्ट्र मन्त्रालयको एसपीपीमा सहभागी नहुने भनेर तत्काल पत्र पठाउन नसकिने भन्ने भनाइप्रति आपत्ति प्रकट गर्नुभयो ।

बुधबार परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले एसपीपीअन्तर्गत केही सहयोग यसअघि नै आइसकेको भन्ने तथ्यहरु देखिएको भन्दै कहाँ र कसरी त्यस्ता सहयोग आए भन्नेबारे टुंगोमा पुगेर मात्र पत्राचार गरिने बताउनुभएको थियो ।

उहाँले विपद् व्यवस्थापनलगायत के केमा सहयोग प्राप्त भएको हो त्यसको अध्ययन गरेर उपयुक्त समयमा पत्राचार गरिने जानकारी दिनुभएको थियो ।

प्रमुख सचेतक गुरुङले परराष्ट्र मन्त्रालयको भनाइ मन्त्रिपरिषद्को निर्णय विपरीत भएको बताउनुभयो । उहाँले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने दायित्व मन्त्रालयहरुको रहेको भन्दै त्यसलाई परराष्ट्र मन्त्रालयलयले कार्यान्वयन गर्न अटेरी गरिरहेको बताउनुभयो ।

नेपालले एसपीपी अस्वीकार गर्ने भनेपछि त्यही विषय राखेर अर्को नाममा सम्झौता गर्न खोजेको आशंका रहेको भन्दै उहाँले एसपीपीमा सहभागी नहुने भनेर पत्राचार गर्न संसद्ले रुलिङ गर्नुपर्ने माग गर्नुभयो ।