९ असार २०८३, मंगलवार
,
Latest
सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको युक्रेन नीतिप्रति बेलायतद्वारा आभार प्रकट



अ+ अ-

काठमाडौँ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सार्वभौमसत्ता सम्पन्न युक्रेनलाई नेपालले गरेको बलियो समर्थनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आभार प्रकट गर्नुभएको छ ।

राजदूत पोलिटले आज एक ट्विट गर्दै बेलायत र विश्वभरका देश रूसी आक्रमणको प्रतिरोध गर्न युक्रेनसँग ऐक्यबद्धताका साथ काम गरिरहेको बताउनुभएको छ । उहाँले सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथिको अवैध आक्रमणका लागि रुसले ठूलो मूल्य चुकाउनुपर्ने उल्लेख गर्नुभयो ।

नेपालले युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र संस्थाका रूपमा मान्यता दिनु संयुक्त राष्ट्रसङ्घको बडापत्रको प्रावधान विपरीत भएको बताएको थियो । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देश विरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्ने र कूटनीति तथा संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्ने बताएको थियो