२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशे औँशीमा गोकर्णेश्वरमा भीड (फोटोफिचर)



अ+ अ-

आज कुशे औँशी । हरेक वर्ष भाद्रकृष्ण औँशीका दिनलाई कुशे औँशीका रुपमा मनाउने परम्परा छ । वैदिक सत्य सनातन धर्मावलम्वीहरुले वर्षभर देवकार्य र पितृकार्यका लागि प्रयोग गर्ने पवित्र कुश घर–घरमा भित्र्याएर कुशे औँशी पर्व मनाउने गर्दछन् । व्राह्मणले मन्त्रोच्चारणसहित पूजा गरेर यजमानको घरमा राख्ने कुशले परिवारको कल्याण हुने शास्त्रोक्त कथन छ ।

आज उखेलिएको कुश वर्षभर देव तथा पितृ कार्यमा प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुशको आयु मात्र सोही दिन नै रहने शास्त्रप्रमाण छ । वैदिक सत्य सनातन धर्मावलम्वीले कुशलाई विष्णु भगवान प्रतिकको रुपमा पूजा गर्ने गर्दछन् ।

आजको दिन छोराछोरीले पितालाई मनपर्ने मिठाइ, फलफूल र अनेक मिष्ठान्न दिइ खुशी तुल्याइ पिताको मुख हेर्ने गर्दछन् । पिता गुमाएकाहरुले पिताको स्मरणमा पवित्र स्थानमा गएर श्राद्ध र तर्पण दिने प्रचलन छ । आज कुशे औँशीको दिन काठमाडौं उपत्यकाको गोकर्णेश्वरमा भक्तजनहरुको भीड लागेको छ । पिता नहुनेहरुले पिताको स्मरणमा पवित्रधाम गोकर्णेश्वरमा गएर श्राद्ध, तर्पण एवं पिण्डदान दिएका छन् । उत्तरगयाका रुपमा परिचित गोकर्णेश्वरमा पिण्डदान गर्दा पितृदोषबाट मुक्त भइने धार्मिक विश्वास छ । नेपालको तनहुँस्थित देवघाटधाम, म्याग्दीको गलेश्वर लगायतका पवित्र धाममा आज पितृहरुको स्मरणार्थ पिण्डदान एवं तर्पण गर्नेको भीड लाग्छ ।