३० जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक दिवसीय क्रिकेट: केन्याले दियो नेपाललाई २५६ रनको लक्ष्य



फाईल फोटो
अ+ अ-

काठमाडौँ । तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा घरेलु टोली केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको छ ।

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रनको योगफल बनायो । केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले । उनले १११ बलमा सात चौका र दुई छक्काको मद्दतमा सो रन बनाएका हुन ।

यस्तै लुकास एनडानडासनले अविजित रहदै ५९ रनको योगदान दिए भने सुखदिप सिंहले ३७ रन बनाए । इमानुएल बुन्डीले २३ रन बनाउँदा कप्तान शेम एनगोचेले १७ रन जोडे ।

बलिङमा नेपालका सोमपाल कामी र आदील अन्सारीले समान दुई÷दुई विकेट लिए भने बसिर अहमद र शाहब आलमले एक÷एक विकेट लिए । तीन खेलको सिरिजमा नेपाल २–० ले अघि रहेको छ । एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीय खेलमा १७ रनले विजयी भएको थियो ।

त्यसअघि केन्या विरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले ३–२ ले जितेको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।