९ असार २०८३, मंगलवार
,
Latest
सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुस– युक्रेन तनावः पूर्वी युक्रेनमा भएको झडपमा १ सैनिकको मृत्यु, ६ घाइते



अ+ अ-

एजेन्सी । युक्रेनमा रहँदै आएका रुस समर्थित अलगाववादिहरुले पछिल्लो २४ घण्टामा पूर्वी युक्रेनमा आक्रमण गरेका छन् । 

आक्रमणका क्रममा एक युक्रेनी सैनिकले ज्यान गुमाएका छन् भने अन्य ६ जना घाइते भएका छन् । 

रुसले युक्रेनको लुहान्स्क र डोनेट्स्कलाई स्वतन्त्र देश घोषित गर्दै त्यहाँ सैनिक तैनाथ गरेको छ । जसकारण त्यस क्षेत्रमा झडपहरु बढेको छ । 

पछिल्लो २४ घण्टामा गोलाबारीको मात्रै ९६ घटनाहरु भएको बताइएको छ । यसभन्दा पहिले पूर्वी युक्रेनमा रुस समर्थित अलगाववादिहरुले एक कारलाई निशाना बनाएका थिए भने एक ग्यास पाइप लाइनलाई पनि विस्फोट गराई उडाएका थिए । 

यसैबीच, युक्रेनले संकटकाबीच विश्वकै ठूलो देश रुसलाई रोक्नका लागि प्रयासहरु द्रुत गतिमा अगाडी बढाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा अमेरिका, बेलायत, क्यानडा, जापान, अष्ट्रेलिया र जर्मनीले रुसमा प्रतिबन्धको घोषणा गरेका छन् । 

युक्रेनका दुई प्रान्त लुहान्स्क र डोनेस्कमा पनि प्रतिबन्ध लगाइएको छ । उनीहरुलाई बुधबार बिहान रुसले छुट्टै राष्ट्रको रुपमा मान्यता दिएको थियो ।

क्यानडाले बुधबार बिहान रुसी बैंकहरूमा प्रतिबन्ध लगाएको छ । जसअनुसार क्यानेडियनहरूले लुहान्स्क र डोनेट्स्कमा कुनै पनि आर्थिक लेनदेन गर्न सक्ने छैनन् । 

यसअघि अष्ट्रेलियाले पुटिनका शीर्ष सल्लाहकारहरूलाई प्रतिबन्ध लगाएको थियो । प्रधानमन्त्री स्कट मोरिसन भन्छन्, ‘हामीले रुसी संघको सुरक्षा परिषद्का आठ सदस्यको यात्रा र आर्थिक लेनदेनमा प्रतिबन्ध लगाएका छौं।’ उनले आगामी २४ घण्टाभित्र रुसले युक्रेनमाथि हमला गर्न सक्ने पनि बताए ।