३० जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबराले नाम लिएका पूर्वन्यायाधीश लगायतसँग सोधपुछ गर्ने, नेताहरुलाई भने नबोलाउने(भिडियोसहित)



file
अ+ अ-

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिरुद्धको महाअभियोग सिफारिस समितिले राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने भएको छ ।

आज बिहान बसेको समितिको बैठकले जबराले नाम लिएका पूर्वन्यायाधीश लगायतसँग पनि सोधपुछ गर्ने निर्णय गरेको छ ।

बैठकमा जबराले बयानको क्रममा नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुलाई समितिमा बोलाउने निर्णय गरेको हो । उनीहरुलाई पत्राचार गरी सोधपुछका लागि बोलाउने निर्णय गरेको समितिले जानकारी दिएको छ ।

तर राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने समितिका सदस्य एवम् नेपाली कांग्रेस नेता मिन विश्वकर्माले जानकारी दिएका छन् ।

महाअभियोग सिफारिस समितिको बैठक पुन: भोलि बस्ने भएको छ ।