२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकको ओरालो यात्रा जारी



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै २४ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलब ८३ अङ्कले ओरालो लागेर एक हजार ८१५ दशमलब १३ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ८३ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलब ६० मा सीमित भएको छ । कूल दुई सय २८ कम्पनीको ४० लाख १४ हजार चार सय १९ कित्ता शेयर रु एक अर्ब सात करोड २४ लाख ८० हजार ९७ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज गिरावट आएको छ । आइतबारको कारोबारपछि बजार पुँजीकरण रु २६ खर्ब आठ अर्ब तीन करोड ४६ लाख ९६ हजार आठ सय ६६ बराबर रहेको छ ।

कारोबारका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु २६ करोड दुई लाख ५७ हजार पाँच सय १८ बराबरको कारोबार भयो । यस्तै नबिल बैंक रु चार करोड २९ लाख ७८ हजार चार सय ५३, रिडी पावर कम्पनी रु तीन करोड ४९ लाख ८२ हजार, नेपाल पूर्वाधार बैंक रु दुई करोड ५९ लाख ४० हजार दुई सय ९३ र अरुण काबेली पावरको रु दुई करोड २३ लाख २५ हजार चार सय ७९ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार अभियान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । नबिल इक्विटी फण्ड दुई दशमलब ९४, लक्ष्मी बैंक दुई दशमलब ६६, एनआइबीएल प्रगति फण्ड दुई दशमलब ५६ र जोशी हाइड्रोपावरका लगानीकर्ताले दुई प्रतिशतले कमाएका छन् ।

यस्तै तेह्रथुम पावर सात दशमलब ९०, कुमारी धनवृद्धि योजना सात, सामुदायिक लघुवित्त छ दशमलब ६५, नेपाल पूर्वाधार बैंक छ दशमलब ४१ र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ७४ प्रतिशतले गुमाएका छन् ।