२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको वरिष्ठ उपाध्यक्ष बने रवीन्द्र मिश्र



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा रवीन्द्र मिश्र वरिष्ठ उपाध्यक्ष भएका छन् । राप्रपा र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिश्रको समूहबीच एकीकरण भएसँगै उनी पार्टीको वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरियतामा रहने गरी मिश्र राप्रपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नुअघि हिजो मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए ।

उनले राप्रपामा सहअध्यक्षका लागि दाबी गर्दै आएका थिए । राप्रपमा आठ जनासम्म उपाध्यक्ष रहने प्रावधान छ । पार्टीमा हालसम्म छ जना उपाध्यक्ष रहेका छन् ।