२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर वन डढेलोप्रतिको हाम्रो बुझाइ र दृष्टिकोण संयोजक थापाले बुझाउनुभयो ‘इपिजी प्रतिवेदन’ राखिएको दराजको साँचो विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी बागमती मन्त्रीपरिषद् बैठकः अपाङ्ग प्रादेशिक नीति २०८३ लाई स्वीकृत गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड दिक्तेल–चखेवाभञ्ज्याङ सडक: माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा नवौँ राष्ट्रिय खेलकूद समापनको प्रमुख अतिथि हुने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री देउवालाई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका लागि प्रमुख अतिथिका लागि निमन्त्रण पत्र प्रदान गरिएको छ ।

यही असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने सो प्रतियोगिता समापन कार्यक्रमका लागि प्रधानमन्त्री देउवालाई बिहीबार प्रमुख अतिथिका लागि निमन्णा पत्र प्रदान गरिएको हो ।

कात्तिक ३ गते पोखरा रंगशालामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनको प्रमुख अतिथिका लागि राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा पुगी प्रधानमन्त्री देउवालाई निमन्त्रणा पत्र प्रदान गर्नुभयो ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङसहित पुग्नुभएका मन्त्री गहतराजले प्रधानमन्त्री देउवालाई नवौँ राष्ट्रिय खेलकुदको तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।

राखेपले प्रतियोगिताको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई असोज ११ गते निमन्त्रणा पत्र प्रदान गरिसकेको छ ।