८ असार २०८३, सोमबार
,
Latest
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलौदीमा पहिलोपटक रोटे पिङ (फोटोफिचर)



अ+ अ-

तनहुँ । गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि नेपालीको महान पर्व बडादशैँ आएको सङ्केत जनाउँछ । दशैँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो ।

विजयादशमीको टीकाको दिन एकपल्ट भए पनि शरीरले जमिन छाड्नुपर्ने प्रचलनअनुरूप हरेक नेपालीले पिङ खेल्ने गरेको भए पनि यो प्रचलन हराउँदै जान थालेको छ ।

नेपाली संस्कृतिको उदाहरणका रूपमा समेत लिइने पिङ विगत वर्षमा हरेक टोल र गाउँ–गाउँमा हालिने गरेकामा यस वर्ष केही स्थानमा मात्रै सीमित रहेको छ ।

तर, यसपटक तनहुँको भिमाद नगरपालिका-३ जलौदीमा भने फरक माहोल छ । यहाँ पहिलोपटक रोटे पिङ हालेपछि गाउँको शोभा नै बढेर गएको छ । युवापुस्ताहरुको अथाह लगाव र पाकाहरुको मेहनतले १२ दिन लगाएर पहिलोपटक रोटे पिङ हालिएको हो ।

केहीदिन पहिलेमात्र सडकबत्ती राखेपछि झलल बलेको जलौदी पिङ राखेपछि यसले हराउँदै गएको संस्कृती र परम्परालाई उजागर गरेको यहाँका वडाध्यक्ष पदमराज सेन बताउँछन् ।

यस पिङले समाजमा आपसी सहयोग र सद्भावलाई जोड्दै आउने पुस्तालाई समेत आफ्नो संस्कृती र पहिचानलाई जोगाइराख्न चुनौति समेत थपेको छ ।