२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा वर्षा : तल्लो सुर्खेत डुबानमा, अधिकांश सडक अवरुद्ध



अ+ अ-

सुर्खेतः भारी वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पर्ने तल्लो सुर्खेत डुबानमा परेको छ । बिहीबार रातिदेखि कर्णाली बेसिन क्षेत्रमा परेको भारी वर्षाका कारण आज बिहानैदेखि तल्लो सुर्खेतका बस्ती डुबानमा परेको हो ।

डुबानले केही घर जलमग्न हुनुका साथै पाक्न लागेको धानबाली नष्ट गरेको छ । डुबान क्षेत्रमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख उद्धार टोलीसँगै खटिनुभएको थियो । प्रमुख जिल्ला अधिकारी रिजालले बाढी र डुबानको पूर्वसूचनाका कारण मानवीय क्षति हुन नपाएको बताउनुभयो ।

जल तथा मौसम विज्ञान विभागले सर्तकता अपनाउन चेतावनी दिएसँगै स्थानीय प्रशासन र जनप्रतिनिधि बिहानैदेखि बाढी र डुबानबाट क्षति हुने नदिन उद्धार सामग्रीसहित उक्त क्षेत्रमा खटिएका थिए ।

वीरेन्द्रनगरको डुबान क्षेत्रमा नगर प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनालसहित वडाध्यक्षले उद्धारको संयोजन गर्नुभएको थियो । वीरेन्द्रनगर–९ का वडाध्यक्ष ऋषि गिरीले डुबानले तल्लो सुर्खेतका पर्सेनी, लौवस्ता, तिलपुर, इटौरा, घोगे्रनीलगायत बस्तीका केही घर जलमग्न हुनुका साथै धानबालीमा क्षति पु¥याएको जानकारी दिनुभयो । उहाँका अनुसार पर्सेनीमा दुई वटा घर डुबानमा परेपछि सुरक्षाकर्मीको सहायतामा उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो ।

भारी वर्षाले रत्न राजमार्ग, छिञ्चु–जाजरकोट सडक खण्ड, दैलेख–सुर्खेत सडक खण्ड र कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले लगातारको वर्षाले अधिकांश सडक खण्ड अवरुद्ध हुन पुगेको बताउनुभयो । सडक अवरुद्ध हुँदा बिहानैदेखि यात्रुबीच बाटोमा रोकिएका छन् । सडक डिभिजन कार्यालयले कतिपय सडक खण्डमा खसेको पहिरो हटाउने क्रम जारी रहेको प्रहरीको भनाइ छ । यसैबीच, रत्न राजमार्गअन्तर्गत सुर्खेतको ब्युरेनीमा सडक माथिबाट पहिरो खस्दा गुडिरहेको एक स्कुटी पुरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट भेरीपुलतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००२००१ प ५३०४ नम्बरको स्कुटी पहिरोले पुरिएको र स्कुटीमा सवार दुई जना घाइते भएको जनाएको छ । स्कुटी चालक वीरेन्द्रनगर–४ का २९ वर्षीय कमल पन्त र उहाँसँगै सवार सुरेश नेपाली घाइते हुनुभएको छ । घाइतेको सुर्खेत अस्पतालमा उपचार भइरहेको छ । पहिरोमा पुरिएको स्कुटीलाई डोजर प्रयोग गरी निकालिएको छ ।




भर्खरै