२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरको कल सेन्टरमा दशैँका ९ दिनमा ६९५ जनाको टेलिफोन



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरको कल सेन्टरमा दशैँभरि दिनमाभन्दा रातको समयमा टेलिफोनबाट धेरै सोधपुछ र सहयोगका माग भयो । असोज १४ गतेदेखि २२ गतेसम्म आएका ६९५ कलमध्ये दिनमा १५७ जनाले र रातको समयमा ५३८ जनाले टेलिफोन सम्पर्क गरेका थिए । १४ गते आएका ३० वटा कलमध्ये २९ वटा, १५ गते दिनमा आएका १९ वटा कलमध्ये १७ वटा डेङ्गीसँग सम्बन्धित सोधपुछ र सहयोगका लागि थिए । त्इसदिन राती १३४ जनाले कल गर्नुभएको थियो । यी सबै समस्या डेङ्गीसँग सम्बन्धित थिए । यही औसतमा डेङ्गीको सोधखोज देखिन्छ ।

असोज १६ गते सबैभन्दा धेरै व्यक्तिले फोन सम्पर्क गर्नुभयो । त्यसदिन दिउँसो ४२ जना र राती १६६ जनाको फोन आएको थियो । सबैभन्दा कम फोन आएको दिन २१ गते हो । यस दिन १० जनाको मात्र फोन आएको थियो ।

‘केही थोरै कल प्रशासनिक विषयसँग सम्बन्धित थिए । केही कल कुहिएको मासु बेचेको सम्बन्धी, केही कल मिठाईमा अखाद्यबस्तु मिसाइएको सम्बन्धी, केही कल मृत पशु व्यवस्थापन सम्बन्धी थिए । तर, धेरै कल डेङ्गीसँगै सम्बन्धित थिए ।’ कल सेन्टर स्वास्थ्यतर्फका फोकल पर्सन ऋषि भुषालकाअनुसार लक्षण सोध्ने, औषधिको नाम सोध्ने, सिटामोल पाइएन कहाँ पाइन्छ भनेर सोध्ने, खान हुने र नहुने खानेकुराको नाम सोध्ने, कति दिनमा रोग निको हुन्छरु सोध्ने जस्तो कल धेरै थिए ।

कल सेन्टरको रेकर्डअनुसार ‘ज्वरो आएको ५ दिन भइसक्यो, अझै घट्दैन । जीउ हल्लाउनै सकिएन । ज्वरो कम भयो तर जीउ चिलाउने धेरै छ । बच्चाहरुलाई सास फेर्नै गाह्रो भयो । झाडा पखाला छ के गर्नेरु गाह्रो हुँदा कुन अस्पताल जानेरु’ जस्ता जिज्ञासा धेरै देखिन्छन् ।
महानगरको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवाले असोज १० गतेदेखि २२ गतेसम्म ७९ जना डेङ्गीका विरामीलाई अस्पताल पुर्यायो । एम्बुलेन्स सेवाका कार्यकारी प्रमुख अमीत जोशीकाअनुसार यसअवधिमा अस्पताल लगिएका २५३ विरामीमध्ये ७९ जना डेङ्गी संक्रमणका हुन् ।
काठमाडौँ महानगरले दशैँ विदाका बेला पर्न सक्ने समस्या समाधान गर्न ११८० टोल फ्रि नम्बरलाई २४ सै घण्टा सञ्चालन गरेको थियो । दिनमा कल सेन्टरबाट र रातको समयमा कल फरवार्ड गरेर प्रश्नकर्ताको प्रश्नको जवाफ दिइएको थियो ।

महानगरले संक्रमण रोकथाम र नियन्त्रणका कामलाई निरन्तरता दिँदै पर्वका अवधिमा महिला स्वास्थ्य स्वयमसेविकाबाट सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाएको थियो । महानगरमा ५५८ जना महिला स्वास्थ्य स्वयमसेविका हुनुहुन्छ । माग गर्नेहरुलाई उहाँहरुले घरमै गएर सिटामोल र जीवनजल वितरण गर्नुभएको थियो ।




भर्खरै