२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

घनश्याम भुसाललाई समर्थन गर्ने भन्दै लुम्बिनी एमालेका ३१ जनाको सामूहिक राजीनामा



अ+ अ-

लुम्बिनी । लुम्बिनीमा नेकपा (एमाले) बाट दुई लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले रुपन्देही–१ बाट प्रतिनिधिसभामा प्रत्यक्षततर्फ स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई समर्थन गर्ने भन्दै राजीनामा दिएका हुन् ।

उनीहरु सोही क्षेत्रका मतदातासमेत रहेका छन् । बुधबार उनीहरुले भैरहवामा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

राजीनामा दिनेमा रुपन्देही १ अन्तर्गत रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य सनोजकुमार यादव, एमाले प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका कमिटी सचिव इन्द्रजीत कुमार रायलगायत रहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा तानाशाही प्रवृत्ति देखाएको उनीहरुले आरोप लगाएका छन् । उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पार्टी राम्रो हुँदाुहँदै पनि पार्टीमा नीति नभई व्यक्ति हावी भएको, पार्टी अध्यक्षको निरंकुशता, इमान्दार नेतालाई पाखा लगाइएको, चरम गुटबन्दी, स्थानीय निर्वाचनमा पार्टी नेतृत्वको असहयोग जस्ता विभिन्न कारणले गर्दा हामी एमालेमा रहन सकेनौँ ।”

रुपन्देही–१ बाट एमाले, जसपा र राप्रपाको गठबन्धनबाट प्रतिनिधिसभाका लागि एमालेका छविलाल विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

भूसालले रुपन्देही १ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने इच्छा देखाएको र प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी र जिल्ला कमिटीले भूसालको नाम सिफारिस गरेको थियो । तर उनलाई उम्मेदवारी दिन बन्चित गरिएपछि उनले पार्टी परित्यागको घोषणा गरेका थिए ।

भुसालले स्वतन्त्र उम्मेदवारी दिएका छन् र उनलाई सत्ता गठबन्धनको समर्थन रहेको छ ।