२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर वन डढेलोप्रतिको हाम्रो बुझाइ र दृष्टिकोण संयोजक थापाले बुझाउनुभयो ‘इपिजी प्रतिवेदन’ राखिएको दराजको साँचो विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी बागमती मन्त्रीपरिषद् बैठकः अपाङ्ग प्रादेशिक नीति २०८३ लाई स्वीकृत गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड दिक्तेल–चखेवाभञ्ज्याङ सडक: माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुदः साइक्लिङमा विभागीय खेलाडीको वर्चस्व



अ+ अ-

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङमा विभागीय टिम हाबी भएको छ ।

प्रतियोगितामा जसअन्तर्गत नेपाल आर्मीले चार स्वर्ण, एपिएफले दुई स्वर्ण, बागमती र गण्डकीले एक–एक स्वर्णपदक प्राप्त गर्न सफल भएका छन् । रजत पदकतर्फ आर्मीले चार, एपिएफले तीन र बागमतीले एक पदक जितेको छ । कांस्य पदकमा एपिएफले चार, आर्मीले तीन र गण्डकीले एक पदक जित्न सफल भएको छ ।

विधागततर्फ नेपाल आर्मीले महिला/पुरुष डाउन हिलमा दुई, इन्डिभिज्युअल टाइम ट्रायलमा एक र रोड रेस मास स्टार्टमा एक स्वर्ण पदक जितेको छ । एपिएफले क्रस कन्ट्रीमा एक र इन्डिभिज्युअल टाइम ट्रायलमा एक गरी दुई स्वर्णपदक जितेको छ ।

बागमती प्रदेशले क्रस कन्ट्री विधा र गण्डकीले रोड रेस मास स्टार्ट विधामा एक/एक स्वर्ण जितेका हो । साइक्लिङको सबै विधा सकिएको छ । साइक्लिङमा चार विधामा पुरुष र महिला गरी आठ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।