२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरिबोधनी एकादशीमा भिमादमा भलिबल प्रतियोगिता हुँदै



अ+ अ-

तनहुँ । तनहुँको भिमादमा हरिबोधनी एकादशीको अवसरमा वडा स्तरीय सिनियर पुरुष एवं वडा स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

सोही अवसरमा विगतमा पनि भलिबलको आयोजना गर्दै आएको भिमादको जनशान्ति युवा क्लबले यस वर्ष पनि भलिबल तथा विविध सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिएको हो ।

कात्तिक १४ गते अर्थात यही सोमबारदेखि सुरु हुने प्रतियोगिता १८ गतेसम्म चल्नेछ । टिम दर्ताका लागि पुरुषतर्फ ५ हजार र महिलातर्फ २५ सय शुल्क तोकिएको यस प्रतियोगितामा पुरुषतर्फको विजेताले ७० हजार ५५५ प्राप्त गर्नेछ भने उपविजेताले ४० हजार ४४४ प्राप्त गर्नेछ ।

यस्तै, महिलातर्फको विजेता टोलीले २५ हजार तथा उपविजेताले १५ हजार प्राप्त गर्ने जनशान्ति युवा क्लबले जनाएको छ । यसैगरी विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार वितरण गरिनेछ । दर्शकको उल्लेख्य उपस्थिती रहने यस भिमाद रंगशालमा भलिबल एवं विविध सांस्कृतिक कार्यक्रमले खेलकुद तथा पर्यटनको क्षेत्रमा सहयोग पुग्ने क्लबले अपेक्षा राखेको छ ।