२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा रिल्याक्स फिल गरेको छु –बाबुरामजीलाई धन्यवाद: प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा आफ्ना लागि सहज भएको बताएका छन् ।आइतबार बिहान गोरखाको भच्चेकमा कार्यकर्ता तथा मतदातामाझ भएको अन्तरक्रियामा उनले अहिलेसम्मको चुनावमध्ये गोरखामा रिल्याक्स फिल गरेको बताएका हुन् ।

कार्यक्रममा प्रचण्डले गोरखाको भौतिक पूर्वाधार, सडक सञ्जालमा आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । उनले विकास र समृद्धिको यात्रा गोरखाबाट सुरू गरेर संसारभरलाई देखाउने दाबी गरेका छन् । साथै उनले गठबन्धनभित्र दरिलो एकता भएको बताएका छन् ।

प्रचण्डले भने, ‘गोरखा आउन पाएकोमा खुसी छु । अहिलेसम्मको निर्वाचनमा भन्नुपर्दा मेरो लागि एक ढंगले सहज । यहाँ आउँदा रिल्याक्सजस्तो फिल गरेको छु । गोरखामा निश्चित सपना बोकेर आएको छु । गोरखामा आउनुको उद्श्य इतिहास, पछिल्लो माओवादी आन्दोलनको दृष्टिकोणले गोरखा महत्वपूर्ण जिल्लाभित्र पर्छ । गठबन्धनभित्र पनि दरिलो एकता भएको छ । गोरखामा भौगोलिक, ऐतिहासिक, साँस्कृतिक आधार छन् । आउने ५ देखि १० वर्षभित्र नेपालमा समृद्धिको नयाँ अभियान अघि बढाएर सफल पार्न सकिएन भने राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न गार्‍हो हुन्छ । जनक्रान्तिको थलोबाटै यसको थालनी गर्न तपाईँमाझ आएको छु ।’

प्रचण्डले बाबुराम भट्टराईलाई आफूलाई गोरखामा ल्याएकोमा धन्यवादसमेत दिएका छन् । उनले भने, ‘सधैँ एउटै मान्छे एकैठाउँमा हुँदैन भन्ने बाबुरामजीले भन्नुभयो उहाँमा त्यो उदारता र भावना छ । तर, मलाई यहाँ ल्याएर तँ चाहिँ यहाँ हुनुपर्छ भन्नुभो त्यसका लागि विशेष धन्यवाद ।’




भर्खरै